भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगर अहिले भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आइरहेको डान्स रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ को फाइनलमा उपाधि चुम्न कम्मर कसेर लागिपरेकी छिन् । अहिले तेरियाले फाइनलमा डिआइडी सिजन १ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपिका विजेता शान्तनु महेश्वरीसँग उपाधिका लागि प्रतिष्पर्धा गरिरहेकी छिन् । तेरिया ‘डिआईडी लिटिल मास्टर्स २०१४’ की विजेता भएकाले ‘झलक दिखला जा’ को फाइनलमा प्रवेश पाएकी थिइन ।
अहिले तरियालाई जिताउनका लागि देश देखी विदेशबाट लाखौं नेपालीहरुले भोटिङ गरिरहेका छन् । तेरियालाई भोट गर्नका लागि इन्डियामा हुनेहरुले SMS बाट TER type गरि 56882 मा पठाउन सक्नेछन् भने संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट गर्न सक्नेछन् । ‘झलक दिखला जा’ को फाइनलमा अहिले तरियाले दिइरहेको प्रस्तुतीबाट शोका निर्णायक करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेजले समेत उनलाई उपाधीको दावेदारको रुपमा हेरेका छन् । त्यही क्रममा हिजो आइतबारको शोमा तेरियाकी आमा अनिता मगरले शोका निर्णायक बलीउड निर्देशक फराह खान र अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई नेपाली ढाकाटोपी लगाइदिएकी थिइन ।
तेरियाले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिरहमा फराह र ज्याकलिन नेपाली ढाकाटोपीमा निकै खुसी देखिएका थिए । अर्का बलीउड निर्देशक करण जोहरको टेवुलमा पनि नेपाली ढाकाटोपी छ तर उनले भने लगाएका छैनन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गर्ने यो प्रतियोगिता विजेताले नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् भने डान्स पार्टनर आर्यन हुन् ।