हलीउड अभिनेत्री क्यारी फिसरको ६० वर्षको उमेरमा निधन भएको छ। चर्चित हलिउड फिल्म सिरीज ‘स्टार वार्स’ मा राजकुमारी लियाको भूमिका निभाउँदै आएकी क्यारीको हृदयघातका कारण मृत्यु भएको हो।
उनी अभिनेत्री डेबी रेनोल्ड्स र गायक एडी फिसरकी छोरी हुन्। क्यारीलाई मंगलबार लन्डनबाट लसएन्जलस जाँदै गरेको विमानमा हृदयघात भएको थियो। क्यारीको पहिलो फिल्म सन् १९७५ मा रिलीज भएको ‘स्याम्पु’ थियो जो निकै सफल भएको थियो। त्यसपछिका उनका हिट फिल्महरु अस्टिन पावर्स, द ब्लुज ब्रदर्स, ह्याना एण्ड हर सिस्टर्स र ह्वेन ह्यारी मेट स्याली हुन्।
तर, सन् १९७७ मा रिलीज भएको ‘स्टार वार्स’ मा निभाएको राजकुमारी लियाको भूमिकाले उनलाई राम्रै चर्चामा ल्याएको थियो ।