सन् २००७ मा आएको फिल्म ‘पार्टनर’ मा गोविन्दा र सलमान खानको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए । फिल्म हिट रह्यो र यसको सिक्वल पनि बन्ने हल्ला बारम्बार आइनै रह्यो । तर, यसबारे कुनै पनि आधिकारीक घोषणा भने कतैबाट भएन । हालै भएको एक अन्तर्वार्तामा गोविन्दाले यो स्पष्ट रुपमा भनेका छन् कि अब ‘पार्टनर’ फिल्मको सिक्वल बन्दैन किनभने सलमान खानसँग आफुले कहिल्यै काम नगर्ने समेत बताएका छन् । गोविन्दा चाहान्थे कि पार्टनर फिल्मको सिक्वल बनाइयोस् जसका कारण उनको ओरालो लागेको करिअर माथि उठोस् । तर, सलमान खानले यसबारे कुनै पनि रुची देखाएनन् । तब गोविन्दाले बुझे कि सलमान खान उनीसँग फिल्म गर्न चाहादैनन् । साथै गोविन्दाकी छोरीलाई सलमान खानले आफ्नो फिल्ममा लन्च गरुन् तर, त्यसमा पनि सलमान खानले कुनै रुची देखाएनन् । यी दुई कुराले गोविन्दाको मन भाचिन पुग्यो । उनी सलमान खानसँग रिसाए । उनले प्रष्ट रुपमा भने अब सलमानसँग कहिल्यै काम गर्दिन । गोविन्दाका पछिल्ला समय रिलिज भएका फिल्महरु फ्लप भए । यसका कारण पनि उनको बलिउडमा प्रभाव सकिएको अनुमान धेरै फिल्म विश्लेषकहरुले गर्न थालेका छन् । ठुला कलाकारहरुले एउटा समुह बनाएको र अरु कलाकारलाई काम गर्न गाह्रो भएको समेत उनले बताए ।