पप स्टार ब्रिटनी स्पीयर्सको ट्विटरमा मृत्युको खबरले उनका प्रशंसकहरु चिन्तित बनेका थिए । ट्वीट्समा यस्तो खबर भाइरल बनेपछि उनका म्यानेजर एडम लेबेरले बताएकी कि ब्रिटनीको स्वास्थ्य अवस्था अहिले ठिक छ । त्यसो त, अमेरिकन पप सिंगर तथा डान्सर ब्रिटनी जीन स्पीयर्सको मस्त जवानीमा लाखौं करोडौं प्रशंसकहरु फिदा छन् । पप स्टार मैडोनालाई आफ्नो आदर्श मान्ने गरेकी ब्रिटनीले सिंगिंग र सुन्दरताले दुनियाँमा निकै नाम कमाएकी छिन् तर पर्सनल लाइफको गाडी भने सधै डगमगाएको छ । जुन यूवक (जेसन अलेक्जेंडर) लाई बच्चामा दिल दिएकी थिइन उसैसँग उनले जनवरी, २००४ मा विवाह गरिन् तर विवाह गरेको ५५ घण्टामा नै सम्बन्ध तोडिन् । फेरी दोस्रो विवाह डान्सर केविन फीडरलाइनसँग भयो । दोस्रो बैबाहिक सम्बन्धमा रहँदा उनीहरुको दुई छोरा भए तर बैबाहिक सम्बन्ध ३ बर्षसम्म मात्र टिक्यो ।