अभिषेक बच्चन र ऐश्वर्या रायले धेरै फिल्ममा एकसाथ काम गरेका छन्, तर विवाह पछि भने यी दुईले रावण र सरकार राज जस्ता फिल्ममा मात्र एकसाथ काम गरे । रिपोर्ट्सका अनुसार, हालैमा फिल्म ऐ दिल है मुश्किलमा देखिएकी ऐश्वर्या नयाँ फिल्ममा अभिषेक बच्चनसँग काम गर्नका लागि निकै एक्साइटेड थिइन तर जूनियर बच्चन उनको साथ काम गर्न चाहदैनन् ।
खबरका अनुसार, हाउसफुल ३ को सक्सेसपछि अभिषेक बच्चन यस बर्ष आफ्नो होम प्रोडक्शनको फिल्म लेफ्टी बनाउँदैछन् । यो फिल्ममा डायरेक्टर प्रभुदेवा र को(प्रोड्यूसर बन्टी वालिया हुनेछन् । सूत्रका अनुसार, यो अभिषेक बच्चनको होम प्रोडक्शन फिल्म हो, त्यसैले पनि ऐश्वर्या यसमा काम गर्न चाहन्छिन् तर अभिषेकले फिल्ममा लीड रोलका लागि ऐश्वर्याको ठाउँमा कुनै नयाँ यंग्स्टर एक्ट्रेसको खोजीमा छन् । अभिषेकलाई लाग्छ कि उमेर बढी भएका कारण फिल्ममा ऐश्वर्या सुहाउँदिनन् ।