बलीउड एक्ट्रेस श्रद्धा कपूर पछिल्ला केही दिनदेखी फरहान अख्तरसँग लिभ-इन रिलेशनमा रहेको खबरले भारतीय मिडियाहरु खुबै तातेका छन् । केही दिन अगाडी यस्तो पनि खबर आएको थियो कि श्रद्धाका पिता शक्ति कपूर आफै फरहान अख्तरको घर पुगेका थिए र श्रद्धालाई त्यहाँबाट जर्बजस्ती घर लगेका थिए । त्यसको केही दिनपछि शक्ति कपुरले भनेका थिए कि,’जसरी मिडियाहरुमा मैले छोरी श्रद्धालाई फरहानको घरबाट जर्बजस्ती लिएर गएको भन्ने खबर आएको थियो त्यो झुट हो । यस्ता फेक स्टोरीजले मेरो छोरीको इमेज खराब गर्दैछ ।’
तर, यी मामलामा श्रद्धा अहिलेसम्म चुप नै थिइन । हालै एक अन्तर्वार्ताको दौरानमा उनले यस विषयमा आफ्नो मुख खोलेकी छिन । उनले भनिन्, ‘मलाई काहिँबाट यस्तो म्यासेज आएको थियो कि तिम्रो बारेमा गलत खबरहरु भाइरल भइरहेका छन् । यो म्यासेज पढेर मलाई हाँसो उठ्यो किनकी म यो जान्दछु कि यी खबरहरु सबै झुठ हुन र मलाई यस्ता खबरहरुले कुनै असर गर्दैन । म जान्दछु कि हामी सेलिब्रेटीहरुको विषयमा मानिसहरु हाम्रो गसिप पढ्न चाहन्छन् र खासगरि तब, जब यी खबरहरुमा मेरो फेमिली, मेरा पिता र मेरो को-स्टार्ससँग जोडिने गर्छ । हो, म छु लिविंग इनमा तर आफ्नो फेमिलीसँग ।’