बलीउडका दबंग स्टार सलमान खान अब आफ्नो नयाँ फिल्ममा पिताको भूमिका देखिने भएका छन् । आमिर खानले हालैमा फिल्म दंगलमा चार छोरीको पिताको भूमिका निर्वाहा गरेका थिए । आमिरबाट प्रेरणा लिएर सलमान पनि नयाँ फिल्ममा पिताको भूमिका निर्वाहा गर्नेछन् । सलमानले भने, ३० बर्षको उमेरमा पनि मैले फिल्म ‘जब प्यार किसी से होता है’ को दौरान पिताको भूमिका निर्वाहा गरेको थिए । योसँगै म नयाँ फिल्ममा १३ बर्षिय यूवतीको पिताको भूमिका निर्वाहा गर्दैछु । मेरो नयाँ फिल्म डान्समा आधारित हुनेछ ।’
सलमानले अगाडी भने, ‘फिल्म डान्समा आधारित छ। म ट्रेन्ड डान्सरको भूमिका निर्वाहा गर्नेछु । यसका लागि मैले कडा मेहेनत गर्नु पर्ने छ । सुल्तान पनि निकै दर्दनाक थियो किनकी मैले १८ किलो वजन कम गरेको थिएँ । मलाई घरको खाना मन पर्छ । म स्वादका लागि खान्न । जब मलाई प्रोटीन र कार्बोहाइड्रेट मिल्छ, म टेवुल छोडिदिन्छु । त्यसैले पनि मेरो लागि वजन घटाउनु निकै मुश्किल काम थियो । तर, म सधै यो चाहन्छु कि स्क्रीनमा हाम्रो कडा मेहेनत देखियोस् र मैले ‘वान्टेड’ देखी ‘सुल्तान’ सम्म यही काम गरेको छु ।’