मुम्बई प्रहरीले एउटा ठुलो रहस्यको खुलासा गरेको छ । ड्रग्सको स्मंगलिङ गर्नेहरुको फोन ट्यापिङबाट यस्तो रहस्यको खुलासा बाहिर आएको हो । प्रहरीले केही यस्ता चर्चीत बलिउड अभिनेत्रीहरुको नाम सार्वजनिक गरेको छ । मुम्बर्इ प्रहरीका अनुसार अभिनेत्रीहरु आलिया भट, कंगना रणावत, कटरीना कैफ जस्ता नामहरु सामिल छन् । यसबाहेक रणवीर कपुर र रणवीर सिंहको नाम समेत सामेल रहेको छ । लागुऔषधको ओसारपसार गर्नेहरुले कोड शब्दको प्रयोग गरेर आफ्ना प्रडक्टहरु बेच्ने गरेको खुलासा गरेको छ ।
आलिया भटको नाम कोकिनका लागि प्रयोग हुने गरेको, कंगना रणावतलाई अफिम, स्मेकलाई कटरीना, एलएसडीलाई प्रियंका चोपडा र हशीशलाई अनुष्का शर्मा जस्ता संकेतहरु दिइएको छ ।
त्यस्तै स्मगलरलाई रणवीर कपुर र पेडलरलाई रणवीर सिंहको कोड नामले बोलाउने गरिन्छ ।