आमिर खान अभिनित फिल्म दंगलले उत्कृष्ट व्यापार मात्रै गरेको छैन् यसले निकै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यो फिल्ममा आमिरको छोरी भएर काम गरेका कलाकारहरुको अभिनयले सबैको मन जितेको छ ।
यस फिल्मको लागि कलाकार छनौट कास्टिङ डाइरेक्टर मुकेश छाबराले गरेका हुन् । यसको लागि उनले १० हजार जनाभन्दा बढीको अडिसन लिएका थिए । यो फिल्मको लागी कलाकार छनौट कसरी गरियो भन्ने कुरा मुकेशले खुलाएका छन् ।
फिल्ममा आमिरको जेठी छोरी गीताको सानो हुँदाको भूमिका निर्वाह गरेकी जायरा वसिम र ठूली हुँदाको भूमिका निर्वाह गरेकी फातिमा सना शेख र कान्छि छोरी बबिताको सानो हुँदाको भूमिका निर्वाह गरेकी सुहानी भटनागर र ठुली हुँदाको भूमिकामा देखिएकी सान्या मल्होत्रा धेरै हदसम्म उस्तै देखिन्छन् ।
यी चारै जना धेरै नै मेहनत गर्ने केटीहरु थिए । उनीहरुको आँखामा काम प्रति लगनशिलता झल्कन्थ्यो । ६ महिनाको लागि अडिसन प्रक्रियामा रहनु, फेरि कुस्तीको ट्रेनिङ गर्न, बिहानै उठेर रातिसम्म एक्टिङ वर्कसपमा भाग लिनु सजिलो कुरा थिएन ।
फतिमा सना शेखसान्याको आँखामा एकदमै जोश थियो भने फातिमाको आँखामा अर्कै किसिमको आगो थियो जुन फिल्मको लागि जरुरी थियो । दुवैको अभिनयको भोक कमालको थियो । जायरासँग उर्जा थियो । यसैगरी, सुहानी धेरै नै निर्दोष थिइन् ।
यदी तपाईंले फिल्म हेर्नुभएको छ भने सानी गीता बनेकी जायरा बिस्तारै बिस्तारै परिपक्व हुदैं गइरहेकी छन् त्यो लयलाई त्यहीँबाट ठूली गीता बनेकी फातिमाले समातेकी छन् । साथमा सुहानी सानी बबिता र सान्या ठूली बबिताको रोलको लागी एकदमै तयारी थिए ।
फतिमा सना शेख
फतिमा सना शेख जसले फिल्ममा ठूली गीताको भूमिका निर्वाह गरेकी छिन । उनले तब्बु र कमल हसनको फिल्म ‘चाची ४२०’ मा बालकलाकारको भूमिकाबाट डेब्यु गरेकी थिइन र अन्य धेरै फिल्म र टिभी सोमा उनी देखिइसकेकी छन् ।
जायरा वसिम
जायरा वसिमफिल्ममा जायराले गीता फोगाटको बच्चा हुँदाको रोल धेरै राम्रोसँग निभाएकी छन् । कश्मीर कि १५ वर्षीया जायराले धेरै विज्ञापनमा पनि काम गरेकी छन् ।
सान्या मल्होत्रा
आमिरको कान्छी छोरी बबिताको भूमिका सान्या मल्होत्राले निर्वाह गरेकी छन् । दिल्लीकी सान्याले आफ्नो करियरको सुरुवातमा मोडलिङ गरेकी थिइन् । मुकेशका अनुसार सान्या मल्होत्राको पुरानो अडिसनको माध्यमबाट उनीहरुलाई ठूली बबिताको भूमिकाको लागि चयन गरेका थिए ।
अपारशक्ति र ऋत्विक यसरी बने आमिरको भतिजा ओंकार
मुकेशका अनुसार, आमिरको भतिजा औंकारको रोलको लागि उनीहरुलाई एक यस्तो केटा चाहिएको थियो जो पुरै माहौललाई हल्का रुपमा लिन सकोस साथै हल्का ह्युमरको माध्यमले फिल्ममा पुरै कन्ट्रोल गर्न सकोस । औंकारको सानो हुँदाको भूमिकाको लागि ऋत्विकले जसरी अडिसन दियो त्यसले सबैको ध्यान तान्यो र ऊ छनौट भयो । ऋत्विकसँग यस्तो अनौठो फिलिङ थियो र ऊ सबैसँग घुलमिल हुन सक्थ्यो ।
यसैगरी, अपारशक्ति खुरानाले ठूलो ओंकारको भूमिकालाई मोबाइलबाट अडिसन पठाएका थिए । उक्त फिल्मले खोजे जस्तो व्यक्ति थिए उनी । त्यसैले उनी पनि छनौट भए ।