गएको बर्ष मात्र हलीउड कपल ब्राण्ड पिट र एन्जेलिना जोलीको ११ बर्षे बैबाहिक सम्बन्ध टुटेको थियो । यी दुई एक विवादपछि अलग भएका हुन । अहिले एन्जेलिना आफ्नो बच्चालाई लिएर अलग घरमा बसिरहेकी छिन् भने पिट सम्बन्ध विक्षेदपछि अहिलेपनि आहतमा छन् ।
ब्रिटेनको एक लीडिंग डेली न्यूजपेपरका अनुसार, पिटले आफ्नो एक साथीलाई भनेका थिए कि उनले यस पटक आफ्नो जीवनको सबैभन्दा खराब न्यू ईयर होलिडे मनाएका छन् । उनका मित्रका अनुसार, पिट अहिले डिप्रेसनमा छन् । उनले क्रिसमस र न्यू ईयरमा आफ्नो बच्चालाई निकै मिस गरेका थिए । यहाँसम्मकी पिट कयौं पटक रोएका पनि थिए । पिट अहिलेपनि एन्जेलिनालाई माया गर्छन र उनलाई यो लाग्छ कि एन्जेलिनाले उनलाई धोका दिएकी छिन् ।