बलिउड स्टार लगायत टिभी स्टारले पनि फिल्म तथा सिरियलमा लाखौं करोडौ रुपैया कमाउने गर्छन् । तर, समय यस्तो पनि थियो जब यी स्टारहरुको कमाइ रुपैयामा मात्र थियो । केही रुपैयाँ लागि भने पनि उनीहरुले ठुलो संघर्ष गर्थे । फिल्म लगायत अन्य क्षेत्रमा समेत यी स्टारहरुले काम गरेका थिए । सबैलाई लाग्न सक्ला यी सेलिब्रिटीहरुले पहिले देखिनै ठुलो कमाइ गर्दै आइरहेका थिए ।
उनीहरुको स्ट्रगलिङ फेजमा उनीहरुको कमाइ एकदमै न्युन रहेको थियो । आउनुहोस हेरौ कुन सेलिब्रिटीको पहिलो कमाइ कति थियो
१. रोहित सेट्टी
बलिउड फिल्म निर्देशक रोहित सेट्टीको पहिलो कमाइ ३५ रुपैयाँ रहेको थियो । सह निर्देशक भएर काम गरेका उनलाई ३५ रुपैयाँ दिइएको थियो ।
२. शाहरुख खान
बलिउड किंङको पहिलो कमाइ ५० रुपैयाँ रहेको थियो । उनले अटेन्डरको काम गर्थे ।
३. इरफान खान
इरफानको पहिलो कमाइ २५ रुपैया रहेको थियो । इरफान प्राइभेट ट्युसन पढाउने काम गर्थे ।
४. धमेन्द्र
धमेन्द्रले पहिलो पटक फिल्म गर्दा ५१ रुपैया पाएका थिए । उनले १९६० मा बनेको फिल्म ‘दिल भि तेरा हम भी तेरा’ मा एक्टरको काम गरेका थिए ।
५. रणद्धीप हुड्डा
पहिलो कमाइ ८ डलर प्लस १.३ डलर प्रत्येक डेलिवरी कमीशन । रणद्धीपले अस्ट्रेलियाको चाइनीज रेष्टुरेन्टमा वेटरको काम गर्थे ।
६. ऋतिक रोशन
ऋतिक रोशनले सन् १९८० मा बनेको फिल्म आशामा बाल कलाकारको भुमिका गरेका थिए । उनलाई एक सय रुपैयाँ दिइएको थियो ।
७. अमिताभ बच्चन
उनको पहिलो कमाइ ५०० रुपैयाँ थियो । कोलकत्ताको एक सिपिङ फर्ममा एग्जीक्युटिवको थिए ।
८. आमिर खान
आमिर खानले सन् १९८३ मा बनेको फिल्म ‘प्यारानोइया’ मा असिस्टेन्ट डायरेक्रको काम गरेका थिए । उक्त काम गरे बापत उनलाई एक हजार रुपैयाँ दिइएको थियो ।
९. अक्षय कुमार
बैंकको एक रेष्टुरेन्ट काम गरेका अक्षय कुमारको पहिलो कमाइ १५०० रुपैयाँ रहेको थियो ।