जब कोहिँ मान्छे प्रेम सम्बन्धमा हुन्छ तब उनीहरु अन्य कुराहरुको खासै वास्ता गर्दैनन् । विराट कोहली र अनुष्का शर्मासँग पनि केही यस्तै भएको छ । हालैमा यी दुई प्रेमजोडी उत्तराखण्डमा एकसाथ होलिडे मनाइरहेका थिए । चर्चा थियो कि उनीहरुले इन्गेजमेन्ट समेत गरिसके । तर, इन्गेजमेन्ट यो लव बर्ड्सले गरेका छैनन् तर उनीहरुबीच प्रेमको बतास भने राम्रै चलेको छ । र, यसको प्रमाण हो यो ।
खासमा, जब विराट र अनुष्काले देहरादूनबाट फर्किनका लागि फ्लाइट लिएका थिए, तब यो कपल एक अर्काको प्रेममा यति डुवी सकेका थिए कि उनीहरुलाई आफ्नो सामान छुटेको समेत पत्तो भएन । प्लेनबाट उत्रिएपछि अनुष्काले आफ्नो ह्याण्डब्याग त्यही छोडिन् । पिंकविलाको एक रिपोर्टका अनुसार, जब अनुष्कालाई आफ्नो ह्याण्डब्याग छोडिएको थाहा भयो तब उनले आफ्नो स्टाफलाई ह्याण्डब्याग लिनका लागि पठाइन । त्यसपछि विराट दिल्ली गए र अनुष्का एक्लै मुम्बई आईन । प्रेम गर्नेहरुले त अनुष्का र विराटको यो मुश्किललाई सजिलै सम्झन्छन् ।