एक्शन नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ्ग’ को नयाँ गीत रिलिज भएको छ । पुष २८ गते बिहिबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किङ्ग’ मा समाबेश ‘लातको भूत’ बोलको गीतमा कतै नायक निखिल उप्रेती तरवारसँग खेल्दै गरेका छन् त कतै गुण्डाहरुलाई तह लगाउँदै गरेको देख्न सकिन्छ । यो गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रमोद ढुंगानाको शब्द र खेतन क्षेत्रीको स्वर छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन । सार्वजनिक गीतबाट पनि चलचित्रको मेकिङ्ग स्पष्ट झल्किन्छ । निखिलका अलवा वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रमा सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् ।