बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए । ‘हृदयघातका कारण ओमजीको आज
बिहान निधन भयो,’ पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ। सन् १९७६ मा मराठी फिल्मबाट करियर सुरु गरेका पुरीले इन्डियन, पाकिस्तानी, ब्रिटिस र हलिउड फिल्महरुमा अभियन गरेका छन्। उनले भारतको पद्मश्री, नेश्नल अवार्डलगायत अवार्ड जितेका छन्।
उनले बलिउडको अर्धसत्य, आक्रोश, जानेभी दो यारो, बभनी भाभी, मिर्च मसाला, धरबीलगायतका हिट फिल्ममा काम गरेका छन्।