बलीउड अभिनेत्री कंगनालाई बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छ । उनी चलचित्रको कथाले मागे बोल्ड हुन गाह्रो मान्दिनन् । आफु अभिनित चलचित्रहरुमा अब्बल अभिनय प्रस्तुत गरिसकेकी उनै कंगना अभिनित ‘रङ्गुन’ चलचित्रको ट्रेलरमा रिलिज भएको छ । विशाल भारद्वाज निर्देशित पिरियड ड्रामा लभस्टोरी चलचित्रमा उनले अभिनेताद्वय शाहिद कपुर तथा सैफ अलि खानसँग हट दृश्यहरू खुलेर दिएकी छन्। दोस्रो विश्वयुद्दको नेपथ्यमा भनिए चलचित्र ‘रङ्गुन’ आगामी २४ फरवरीमा रिलिज हुँदैछ।