बलीउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान आफ्नो बलीउड डेब्यु भन्दा पनि आफ्नो रिलेशनसिपको कारण धेरै चर्चामा छिन् । अहिलेसम्म मानिएको थियो कि उनी वीर पहाडियासँग रिलेशनसिपमा छिन् तर अब खबरहरु आएका छन् कि सारा आजकाल शाहिद कपुरका भाइ ईशान खट्टरको साथमा डेट गरिरहेकी छिन् ।
साराले पहिले पूर्व केन्द्रिय मन्त्री सुशिलकुमार शिंदेका नाती वीर पहाडियासँग डेट गरिरहेको भन्ने गरिन्थ्यो । यसैगरी साराको आफ्नो पुरानो साथी ओरान अवत्रमानीसँग रिलेशनसिप रहेको खबरहरु पनि सार्वजनिक भएका थिए । तर, एक भारतीय फिल्मी पत्रिकाले उल्लेख गरेअनुसार सारा वीर र ओरानसँग नभइ शाहिदकपुरका सौतेनी भाई ईशानको साथमा डेट गरिरहेकी छन् । सारा र ईशान करण जोहरको ‘स्टुडेन्ट अफ दि इयर २’ मा सँगै डेब्यु गर्दै छन् । साथै यी दुई ‘द फल्ट इन स्टार्स’ को रिमेकमा पनि सँगै आउने बताइएको छ ।