जब ‘बिग बोस’ सुरु हुन्छ तब विवाद र चर्चा सँगै आउने गर्छ । बढी जसो विवादित बन्ने ‘बिग बोस’ का प्रतिस्पर्धी विनोद आनन्द झा उर्फ स्वयम्भु स्वामी ओमले बलिउड एक्टर सलमान खानलाई आइएसआइको एजेन्ट भनेका छन् । मिडिया रिपोर्टका अनुसार स्वामी ओमले आफुलाई ‘बिग बोस’ बाट निकालेपछि सलमान खानलाई यस्तो अरोप लगाएका हुन् ।
यो कुरा उनले एक टिभी सोमा भएको कुराकानीमा बताएका हुन् । स्वामी ओमले ‘बिग बोस’ लाई समेत आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बिग बोस युवतीहरुलाई ड्रग्स दिने काम गर्छन् ।’ स्वामी ओमले आफुलाई पनि ड्रग्स दिइएको बताएका छन् ।