सन् २००७ मा मुख्य भूमिकामा अभिनय गरेपछि ठूलो पर्दाबाट टाढिएका अभिनेता चिरञ्जिबी पुनः फिल्ममा फर्किएका छन्। उनले ‘खिलाडी नम्बर १५०’ बाट कमब्याक गर्न लागेका हुन । फिल्म जनवरी ११ बाट प्रदर्शनमा आउँदैछ। यो उनको फिल्मी करियरको १५० औं फिल्म हो। फिल्मको ट्रेलरमा उनलाई हाइ-अक्टेन एक्सन अवतारमा देख्न सकिन्छ। फिल्मलाई उनका छोरा राम चरणले निर्माण गरेका हुन्। फिल्मका निर्देशक भि भी विनायक हुन्। फिल्ममा काजल अग्रवाल तथा तरूण अरोराको अभिनय रहेको छ। फिल्म तमिल ब्लकबस्टर काथतिको रिमेक हो।