यसअघि बलिउडमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड फिल्म ‘पिके’ ले राखेको थियो । फिल्मको ग्रस कलेक्शन तीन सय करोड चालिस लाख रहेको थियो । आमिरले आफ्नै फिल्म ‘पिके’ को रेकर्ड हाल प्रदर्शनरत चलचित्र ‘दंगल’ ले तोडेको छ । बलिउड फिल्म समिक्षक तथा डिस्ट्रिब्युटर तरण आदर्शले ट्विट मार्फत सो जानकारी गराएका हुन्। आदर्शका अनुसार, फिल्मले सोमबारसम्ममा तीन सय करोड पैतालिस लाखको ग्रस कलेक्शन गरेको छ। सो कमाईसँगै फिल्मले बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । आमिर खानको हकमा उनले आफै स्टारर फिल्मको व्यवसायिक रेकर्ड तोडे। फिल्म किरण राव र सिद्धार्थ रोय कपुर र आमिर खानले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मले तेस्रो हप्तासम्मको लगातार प्रदर्शन पछि पिकेको रेकर्ड तोडेको हो। स्पोर्ट्स ड्रामा भनिएको फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन्। सन् २०१४ मा सार्वजनिक फिल्म पिकेपछि आमिर दंगलमा देखिएका हुन्। फिल्ममा उनले महाबिर सिंह फोगाटको भूमिका निर्वाह गरेका छन्।