बलीउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानलाई दर्शकहरुले एकसाथ पर्दामा देख्न नपाएको पनि लामै समय भइसकेको छ । केही बर्ष एकअर्काको खेदो खनेर हिँड्ने शाहरुख र सलमान अहिले सबैभन्दा मिल्ने साथी हुन । उनीहरु अहिले एकअर्काको फिल्म प्रदर्शनमा आउँदा शुभकामना दिने गर्छन भने शाहरुख खान आफ्नो फिल्मको प्रमोशन गर्न सलमान खानले सञ्चालन गर्ने बिग बोसमा समेत दुईभन्दा बढी पटक पुगिसकेका छन् । अहिले उनीहरुको मित्रता देखेर डाहा गर्नेहरु पनि राम्रै जन्मिरहेका छन् । अहिले यी दुई १० बर्षपछि एउटै फिल्ममा देखिन लागेको खबरले भारतीय मिडियाहरु खुबै तातेका छन् । खबरका अनुसार, शाहरुखख् र सलमान फिल्म ट्युबलाइटमा एकसाथ देखिदैछन् । सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ट्युबलाइटमा शाहरुख क्यामियो रोलमा देखिने भएका हुन् । र, फिल्ममा उनी कम्तीमा पनि १५ मिनेट देखिने भारतीय मिडियाले दाबी गरेका छन् । यसअघि यी दुई खान फिल्म ‘ओम शान्ति ओम’को गीत ‘दिवानगी दिवानगी’मा सँगै देखिएका थिए । बुधबार ट्विट गर्दै कोमलले लेखेका छन्, ‘यो पक्क भयो । अत्यन्त ठूलो समाचार । शाहरुख खान क्यामियोमा खेल्दैछन्‘ एकछिन पर्खनुस्‘ सलमान खानको ट्युबलाइटमा ।’ त्यसो त शाहरुख पनि आफ्नो फिल्म ‘रइस’को ‘प्रमोसन’का लागि सलमानले ‘होस्ट’ गर्ने बिग बोसमा जाँदै छन् ।