शाहरुख खानको फिल्म ‘रईस’ रिलिजको तयारीमा रहेको छ । एकतर्फ फिल्मका मुख्य कलाकारहरु शाहरुख खान, नवाजुद्दिन समेत पुरै फिल्मका युनिटहरु फिल्मको प्रोमोटका लागि व्यस्त रहेका छन् ।
अर्को तर्फ भने फिल्मको रिलिजलाई रोक्न धम्कीहरु पनि आउन थालेका छन् । शिव सेनाको छत्तिसगढ युनिटले एउटा पत्र लेख्दै फिल्मको रिलिज रोक्ने धम्की दिएको छ । पत्रमा प्रष्ट धम्कीपुर्ण शब्दमा लेखिएको छ,‘यदी छत्तीसगणका कुनै जिल्लामा एक देशद्रोहीको फिल्म रिलिज हुन्छ भने त्यसको जबाफदारी सरकार र प्रशासन जिम्मेवार हुनेछ ।’फिल्म वितरक अक्षय राठीले यस मामिलालाई प्रष्ट पार्दै टिवइटरमा एउटा तस्बिर र पत्र सार्वजनिक गरेका छन् । उनले उद्धव ठाकरे र आदित्य ठाकरेसँग प्रश्न गर्दै यसको जिम्मेवारी लिन के उनीहरु तयार छन् भनेर प्रश्न गरेका छन् । यसबारे उनले छत्तिसगढ सरकारलाई पनि जानकारी गराएका छन् । उनले फिल्म रिलिजको समयमा सबै ठाउँ शान्ति बनाइराख्न सरकार