बलिउडका चर्चित तथा विवादित अभिनेता सञ्जय दत्तको बायोपिक बन्दैछ । ८० को दशकबाट अभिनय सुरु गरेका सञ्जयको भूमिका अहिलेका चर्चित नायक रणवीर कपुरले निर्वाहा गर्दैछन् । यो फिल्मका लागि रणवीरले निकै मेहेनत गरिरहेका छन्। सञ्जयको युवाअवस्थाको भूमिकाका लागि रणवीरले कपाल पाल्न सुरु गरेका छन्। फिल्मको रेकर्डिङ सुरु भइसेकेको छ। राजकुमार हिरानीको निर्देशनमा बन्ने यो फिल्म आगामी डिसेम्बरमा रिलीज हुनेछ।