बलीउडको प्रतिष्ठित ‘६२ औं फिल्म फेयर अवार्ड’ मा उत्कृष्ट अभिनेता आमिर खान र उत्कृष्ट अभिनेत्री आलिया भट्ट घोषित भएका छन् । यसैगरी उत्कृष्ट निर्देशकमा दंगलबाट नितेश तिवारीले जितेका छन् । त्यस्तै एयर होस्टेस नीरजा भनोटको कथामा आधारित फिल्म नीरजाको अभिनयको लागि सोनम कपुरले उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड जितेकी छिन् । फिल्म फेयरमा नीरजा र कपुर एण्ड सन्स ले ५–५ अवार्ड पाएका छन् । शनिबार भएको उक्त समारोहमा अलिगढको लागि मनोज बाजपेयी र उड्ता पन्जाबको लागि शाहिद कपुरलाई उत्कृष्ट अभिनेता क्रिटिक्स अवार्ड दिइएको छ ।
कस कसले जिते ‘६२ औं फिल्म फेयर अवार्ड’ ?
उत्कृष्ट अभिनेताः आमिर खान (दंगल)
उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट (उड्ता पन्जाब)
उत्कृष्ट फिल्मः दंगल
उत्कृष्ट निर्देशकः नितेश तिवारी (दंगल)
उत्कृष्ट सह-अभिनेताः ऋषि कपुर (कपुर एण्ड सन्स)
उत्कृष्ट सहअभिनेत्रीः शबाना आजमी(नीरजा)
उत्कृष्ट गितकार: अमिताभ भट्टाचार्य (ऐ दिल हे मुश्किल)
उत्कृष्ट गायकः अर्जित सिंह (ऐ दिल हे मुश्किल)
आरडी बर्मन अवार्डः अमित मिश्रा (ऐ दिल हे मुश्किल)
उत्कृष्ट गायिकाः नेहा भासिन (सुल्तान)
उत्कृष्ट फिल्म क्रिटिक्सः नीरजा
उत्कृष्ट नायक (शर्ट फिल्म): मनोज बाजपेयी (तान्डव)
उत्कृष्ट नायिका (शर्ट फिल्म): टिस्का चोपडा (चटनी)
उत्कृष्ट शर्ट फिल्मः चटनी
उत्कृष्ट नवकलाकार पुरुष: दिलजित दोसाँझ(उड्तापन्जाब)
उत्कृष्ट नवकलाकार महिलाः रीतिका सिंह (साला खडुस)
उत्कृष्ट स्क्रिन प्लेः शकुन बत्रा र आयशा ढिल्लन (कपुर एण्ड सन्स)
लाइफटाइम अचिभमेन्ट अवार्डः शत्रुघन सिन्हा