बलीउडका चर्चित निर्देशक करण जोहरको बायोग्राफीले यति बेला भारतमा तरंग नै ल्याएको छ । उक्त बायोग्राफीमा काजोलसँगको सम्वन्ध टुटेको विषयले यति बेला भारतीय सञ्चार माध्यमहरु निकै गर्माएका छन् । यति मात्र होइन बायोग्राफीमा करणले थुप्रै विवादास्पद विषयवस्तुहरु समावेश गरेका छन् । हालैमा यौन जिवनको विषयमा उनले मुख खोलेका छन् । करणले जीवनको पहिलो सेक्स अमेरिकामा एक वेश्यासँग गरेको पुस्तकमा उल्लेख गरेका छन् । आफू २६ वर्षको हुँदा अनुभव बटुल्नका लागि पैसा दिएर पहिलोपटक सेक्स गरेको उनको भनाई छ । आफूले दुईपटक वेश्यासँग सेक्स गरेको उनले लेखेका छन् । सेक्स गरिसकेपछि आफूले आफूलाई घृणित महसुस गरेको भन्दै करण लेख्छन्, ‘त्यो सम्वन्ध बनाएपछि मलाई राम्रो लागेन किनकी त्यो पैसा दिएर पाएको बनावटी आनन्त थियो ।’