केही बर्ष अगाडी मात्र पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवनको सुरुवात गरेकी नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइरालाको ब्यूटीका लाखौं फ्यान छन् । हालैमा मनीषाले ब्यूटी र हेल्दी लाइफलाई लिएर आफ्नो रूटीनको खुलासा गरेकी छिन् । जसमा उनले बताएकी छिन् कि उनी कसरी हेल्दी लाइफ जिउँछिन् । मनीषाले भनिन् म आफ्नो घरमा आफैं तरिकारी फलाउँछु । मैले आफ्नो अपार्टमेन्टको बालकनीमा तरिकारीको खेती गरेकी छु ।
मनीषाले हालैमा आफ्नो सोशल साइट्समा केही फोटोहरु पोस्ट गर्दै यो कुराको खुलासा गरेकी हुन । उनले फोटो पोस्ट गर्दै लेखेकी छिन्, “So in my small kitchen garden I hv had brinjal, celery, tomatoes, mint, arbi, radish, onions..guavas, figs n chicoo… not in great quantities but still. I m a struggling farmer.”केही महिनादेखी धर्मकर्ममा पनि उतिक्कै सक्रिय हुन थालेकी मनिषाले चाँडै बलीउड चलचित्रबाट सन्यास लिने तयारीमा रहेको पनि खबर छ । १९८९ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरी भेटौँला’बाट अभिनय यात्रा सुरु गरेकी मनिषाले १९९० मा बलीउड चलचित्र ‘सौदागर’ बाट हिन्दी चलचित्रमा डेव्यू गरेकी थिइन । मनिषाले नेपाली र हिन्दी मात्र होइन तामिल, तेलेगु, मलाअलम चलचित्रमा पनि काम गरेकी छिन् ।
फिल्म फेयर अवार्डबाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार र ‘खामोशी’ चलचित्रबाट स्टार स्क्रीन सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पनि मनिषाले जितिसकेकी छिन् । कयौ हिट र फ्ल्प चलचित्र पनि दिएकी मनिषाको फिल्मी यात्रा नेपाली चलचित्र भन्दा पनि बलीउड चलचित्रमा बढी रह्यो । उनले केही बर्ष अगाडी राजेश हमालको जोडी बनेर ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी थिइन ।