भारतीय क्रिकेटर, पूर्व सांसद एंव पछिल्लो समय सोनी च्यानलबाट प्रशारण हुने ‘द कपिल शर्मा सो’ मा देखिने नवोजितसिंह सिद्धु भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। पञ्जाबमा राज्यसभा चुनाव नजिकिदै गर्दा आम आद्मी पार्टीसँग नजिक भएका भनिएका सिद्धु आइतबार कांग्रेस प्रवेश गरेका हुन्। सेप्टेम्बर २०१६ मा सिद्धुले भारतीय जनता पार्टी परित्याग गरेका थिए।