बलीउडस्टार शाहरुख खानले एक म्यागेजिनलाई अन्तवार्ता दिने क्रममा भनेका छन्,‘यदी मेरा छोराहरु आर्यन र अबरामले महिलालाई इज्जत गरेनन् भने म उनीहरुको गर्धन काटिदिनेछु ।’ फेमिना म्यागेजिनलाई दिएको अन्तवार्तामा उनले अगाडी भनेका छन्, ‘म उनीहरुलाई यो सिकाउँछु कि कहिले पनि कोही पनि केटीको मन नदुखाउनु । यदी तिमीहरुले गल्तीले पनि यस्तो गर्यौ भने म तिमीहरुको गर्धन काटिदिन्छु ।’
आफ्नो छोराहरुलाई महिलाको इज्जत गर्न सिकाँउदै उनले भनेका छन् ‘मैले दुवैलाई भनेको छु समय अहिले पनि बदलिएको छैन । कोही पनि केटीहरु तिमीहरुको एकदमै मिल्ने साथी हुन सक्दैनन् त्यसैले उनीहरुको इज्जत गर्न सिक ।’
यसैगरी शाहरुखले केही पहिले मात्रै सोही म्यागेजिनलाई अन्तवार्ता दिँदै छोरी सुहानालाई डेट गर्न चाहाने केटाको लागि सर्त राखेका थिए । उनले उक्त केटाले यी ७ कडा नियमहरु पालना गर्नुपर्ने बताएका थिए ।
१. जागिर हुनुपर्नेछ ।
२. यो सम्झिनु कि मैले तिमीलाई मन पराउँदिन ।
३. सधैं मैले तिमीमाथि नजर राखिरहेको हुनेछु ।
४. वकील सधैं साथमा हुनेछ ।
५. यो कुरा ध्यानमा राख कि मेरी छोरी मेरो राजकुमारी हुन्, तिमीले उसलाई जितेको होइन ।
६. यदी तिमीले उसलाई दुख दियौ भने मलाई जेल जान पनि डर छैन ।
७. तिमीले उसलाई जस्तो व्यवहार गर्छौ म पनि तिमीलाई त्यस्तै व्यवहार गर्छु ।