भारतीय टिभी च्यानलको सर्वाधिक हिट र विवादित रियालिटी शो ‘बिग बोस १०’ की ‘सेलेब्रिटी’ प्रतिस्पर्धी तथा भोजपुरी अभिनेत्री मोनालिसा विवाह गर्दै छिन् । उनको विवाहको अहिलेदेखि नै चर्चा हुनुको कारण चाहिँ यो होकी उनले बिग बोसकै घरमा विवाह गर्न लागेकी हुन् ।
भारतीय मिडियाका रिपोर्टहरूका अनुसार मोनालिसाले अभिनेता विक्रान्त सिंहसँग विवाह गर्न लागेकी हुन् । विक्रान्त र मोनाको विवाह हुने केहीअघि नै निश्चित भइसकेको थियो । भारतीय मिडिया बिजनेस अफ सिनेमामा प्रकाशित खबरका अनुसार यो विवाहका लागि बिग बोसको घर राम्रैसँग सजाइएको थियो । बिहानै विक्रान्त र उनको परिवार विवाहका लागि घरमा पुग्यो ।
त्यही समयमा विक्रान्तले त्यहाँ नै मोनालिसासँग हात मागे र विवाहको प्रस्ताव गरे । अर्कोतिर केही विश्लेषकले यसलाई कार्यक्रमको टिआरपी बढाउन गरिएको हतकण्डाको संज्ञा दिएका छन् ।