बलीउड निर्देशक करण जौहरले सञ्चालन गर्ने ‘कफी विथ करण’ शो अहिले भारतीय टिभी च्यानलको सबैभन्दा हिट शोको रुपमा चिनिन्छ । यो कार्यक्रममा केही दिनअघि करिना कपुर र सोनम कपुर पुगेका थिए । उनीहरूले करण जौहरसँग खुलेर कुरा गरे । कार्यक्रममा यसपटक सोनम कपुरले अभिनेता रणवीर कपुरसँग विवाह गर्ने सन्दर्भमा सोधिएको प्रश्नको पनि खुलेरै जवाफ दिएकी छिन् ।
भारतीय एक ट्याबलोइडका अनुसार कार्यक्रममा करणले सोनमलाई सोधे, ‘आफ्नो पहिलेको कोस्टार तथा बाल्यकालको साथी रणवीरसँग डेट गर्न मन लाग्दैन ?’ सोनमले यस विषयमा उत्तर दिनुभन्दा अगाडी नै करिनाले भनिन्, ‘मलाई त सोनम र रणवीरको विवाह होस् भन्ने लाग्छ ।’ त्यसो त १० वर्षपहिले आएको फिल्म ‘साँवरिया’को सुटिङमा सोनम र रणवीर एक–अर्कासँग सम्बन्धमा रहेको पनि चर्चा चलेको थियो । तर, कार्यक्रममा सोनमले भनिन्, ‘होइन, म र रणवीर साथी भएको नै ठीक छ । किनकि, मलाई लाग्दैन कि म रणवीरलाई खुसी बनाउन सक्छु ।’