लसएञ्जल्स(एजेन्सी) । फिल्म ‘वन्डर वुमन’ले विश्वव्यापी रुपमा १२ सय मिलियन डलर कमाई गरेको छ । फिल्ममा प्रिन्स अफ थेमिस्क्रियाको भूमिकामा देखिएकी गाल गाडोट अभिनित फिल्मले घरेलु बक्स अफिसमा चार सय मिलियन अमेरिकी डलर र विश्वव्यापी ८ सय मिलियन अमेरिकी डलर कमाई गरेको हो ।
वार्नर ब्रोस र डीसी एक्सटेन्डेड युनिभर्स सुपरहिरो फिल्मको निर्देशन पेटी जेन्किन्सले गरेकी हुन् । दुई महिना अघि रिलिज फिल्मले महिला निर्देशककै आशालाई पछ्याउँदै उच्च रुपमा आर्थिक संकलन गरेको हो ।
यो फिल्मले नर्थ अमेरिकामा समरमा सर्वाधिक कमाउने फिल्मको रुपमा पनि आफुलाई राखेको थियो । यो फिल्मको सिक्वेल पनि बन्ने तयारीमा छन् । जुन फिल्ममा गाडोट नै शीर्ष भूमिकामा हुनेछिन् । निर्देशक पेटीले नै फिल्मको निर्देशन गर्ने अनुमान लगाइएको छ।