फिल्म ‘नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्तो फिल्म निर्देशन गरेका निर्देशक दिनेश राउत र निर्माता सुवास गिरीले फेरि अर्को नयाँ फिल्मका लागि टाइअप गर्ने भएका छन् ।
यी दुइले मिलेर बनाउन लागेको फिल्मको नाम ‘भैरवी’ राखिएको छ । यो फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदिप खड्काले काम गर्ने पक्का भएको छ ।
‘भैरवी’लाई निर्माता गिरीले ठूलो क्यानभासमा महंगो बजेटमा बनाउने तयारी गरेका छन्् । अहिले उनी फिल्म ‘कृ’को छायांकनमा व्यस्त छन् । माघ २६ गते यो फिल्म रिलिज भएलगतै ‘भैरवी’को छायांकनमा जाने तयारी गरिएको छ ।
यो फिल्मको रिलिज आउँदो बर्षको भ्यालेन्टाइन डेमा गर्ने निर्माता गिरीको तयारी छ । फिल्ममा अभिनेत्रीको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा । साम्राज्ञीसँग संझौता नै भैसकेको निर्माता गिरीले मिडियालाई बताएका छन् ।
यदि, यस्तो भएको खण्डमा नेपाली फिल्मका दर्शकले पर्दामा हेर्न चाहेको एक जोडी पहिलो पटक देखिनेछ ।