बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज अहिले फिल्म ‘रेश ३’को छायांकनमा व्यस्त छिन् । रेमो डिसुजाको निर्देशनमा बनिरहेको यो फिल्ममा खतरनाक द्धन्द्धका दृश्यहरु समावेश गरिएको छ । यहिकारणले पनि यसका कलाकारले द्धन्द्धका लागि मिहिनेत गरिरहेका छन् ।
अभिनेत्री ज्याकलिन फर्नान्डेज अहिले यो फिल्ममा द्धन्द्धका लागि कडा मिहिनेत गरिरहेकी छिन् । ज्याकलिनले द्धन्द्धका लागि कडा मिहिनेत गरिरहेको भिडियो शेयर गरेकी छिन् । जसमा उनी पोलमा देखिएकी छिन् ।
यो फिल्ममा अभिनेता सलमान खान, अभिनेत्री डेजी शाहको पनि छन् । सलमान र ज्याकलिनकै उच्च एक्सन दृश्यका कारण कलाकारले कडा मिहिनेत गर्नुपरेको हो । फिल्मको हालै मात्र अबुधाबीमा छायांकन भएको थियो ।