अभिनेत्री मलिना जोशी र अभिनेता सारुक ताम्राकारविच प्रेम रहेको चर्चा छ । मलिना र सारुक अहिले घुमघाममा रमाउन पनि थालेका छन् । यहिकारणले गर्दा पनि यी दुइविच प्रेम रहेको चर्चा चलेको हो ।
फिल्म ‘रानी’मा एकसाथ काम गरेपछि मलिना र सारुक नजिक भएका थिए । यसपछि, भने यी दुइ निकै नजिक भएका छन् । प्रेमको चर्चा चलिरहँदा मलिनाले आफू सारुकको प्रेममा नरहेको बताएकी छिन् ।
उनले, सारुक र आफू मिल्ने साथी भएको तर प्रेमकै तहमा नपुगेको पनि बताइन् । तर, आफूहरु नजिक भएको मलिनाले स्पष्ट पारेकी छिन् ।
मलिनाले आफ्नो प्रेम चर्चाका कारण सिंगल नै रहन परेको बताएकी छिन् । मलिना र सारुक भने अहिले नजिक देखिएका छन् ।
यसैले, मलिनाले प्रेम नरहेको बताएपनि पत्याउन गाह्रै पर्छ । मलिनाको यसअघि अभिनेता अनुप विक्रम शाहीसँग प्रेम थियो ।