नायिका रेखा थापा नयाँ फिल्म निर्माणको तयारीमा लागेकी छिन्। रेखाले आफ्नै व्यानर ‘रेखा फिल्मस्’को प्रस्तुतीमा छैटौँ फिल्म निर्माण गर्न लागेकी हुन्।
नाम तय नभएको यस फिल्मको लागि दयाहाङ राई र सौगात मल्ल पक्का भएका छन्। यस फिल्ममा रेखासँग दयाहाङ र सैगातले स्कृन सेयर गर्नेछिन्।
एक्सन जनरामा निर्माण हुन लागेको फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन्। फिल्मको पटकथा जगदीश्वर थापाले लेखिरहेका छन्। नयाँ वर्ष तीर छायांकनमा जाने यस फिल्मले आगामी लक्ष्मी पूजालाई रिलिज लक्ष्य राखेको छ।
दयाहाङ र सौगातलाई पछिल्लो पुस्ताका कलाकार मानिन्छ। रेखा अघिल्लो पुस्तामा कहलिन्छिन्। दुई पुस्ताको फ्युजन र अनुभवी निर्देशकको टिमअपले केही नयाँ र उत्कृष्ट नतिजा निस्किने रेखाले बताएकी छिन्।