हलीउड अभिनेत्री मेरिल स्ट्रीप एक पटक फेरी ओस्कारमा नोमिनेशन भएकी छिन् । यस पटक उनी ‘फ्लोरेन्स फोस्टर जेन किन्स’ मा उनको भूमिकालाई बेस्ट एक्ट्रेसको श्रेणीमा नोमिनेट गरिएको छ । योसँगै उनी सबैभन्दा बढी नोमिनेशनको रेकर्ड बनाउने अभिनेत्री समेत बनेकी छिन् । उनी पहिलो पटक यस्तो अभिनेत्री बनेकी छिन्, जसलाई २० औं पटक ओस्करका लागि नोमिनेट गरिएको छ । हालैमा मेरिलले डोनाल्ड ट्रम्पको आलोचना पनि गरेकी थिइन । त्यसपछि ट्रम्पले उनलाई ‘प्रतिभाभन्दा बढाई चढाई गर्ने अभिनेत्री’ बताएका थिए ।