बलीउड अभिनेता सलमान खानको ‘पार्टनर’, ‘बिबि नम्बर वन’ ‘जुड्वा’ जस्ता फिल्महरुका निर्देशक डबिड धावनले बलीउडमा सलमान खानको स्थान कसैले पनि लिन नसक्ने बताएका छन् । ६१ वर्षीय धावन वरुण धावनलाई लिएर फिल्म जुड्वा २ बनाउँदैछन् । उनी भन्छन्,‘सलमान खान एकमात्र त्यस्ता कलाकार हुन् जसको स्थान कसैले लिन सक्दैन । कलाकारका रुपमा उनलाई सुरुमा केही भन्न सकिदैन । तर, जब उनी क्यामेराको अगाडि आउँछन् तब उनको बेग्लै रुप देख्न पाइन्छ ।’
धवनले फिल्म जुड्वाको कहानीमा केही परिवर्तन गरिएको बताएका छन् ।
धवनका अनुसार फिल्ममा एउटा पुरानै गीत राखिएको छ । फिल्मको निर्माता साजिद नाडियावाला हुन् । फिल्ममा ज्याकलिन फर्नानडेज र तपसी पन्नुको प्रमुख भुमिका पनि रहेको छ । फिल्म २९ सेप्टेम्बर २९ मा रिलिज हुनेछ ।