बलीउडका दुई सुपरस्टार आमिर खान र शाहरुख खानबीचको सम्बन्धलाई लिएर बेलाबेलामा गज्जबकै चर्चा हुने गर्छ । उनीहरुले हालसम्म स्क्रिन शेयर पनि गरेका छैनन् । कुनै समय उनीहरु एकअर्कालाई होच्याएर समेत बोल्ने गर्थे । तर, बलीउडको २५ वर्षको करिअरका उनीहरुले खुलेर एकाअर्काबिच भनेका बोलेका छैनन् । हालसम्म उनीहरुले सँगै बसेर तस्बिर पनि लिएका छैनन् । तर, शाहरुखले टिवइटरमार्फत आमिर खानसँगको सेल्फी सार्वजनिक गरेका छन् । ‘बितेका २५ वर्षमा बलीउडमा भएर पनि एउटा तस्बिर नखिचिएको शाहरुखले’ भन्दै सेल्फी शेयर गरेका छन् ।
आमिर खानसँग आफ्नो आउन लागेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को लुकमा नजर आएका थिए ।