‘दबंग’ गर्ल सोनाक्षी सिन्हा यतिबेला मालदिभ्समा छिन् । होलिडे मनाउन त्यहाँ पुगेकी सिन्हाले आफ्नो होलिडे फोटोहरु समाजिक संजालमा पोष्ट गरिरहेकी छन् । सोनाक्षी माल्दिभ्समा व्यस्त रहँदा उनको चर्चा भने बलीउडमा चुलिएको छ । उनको चर्चाको कारण अरु केही नभएर उनको र बन्टी सजदेहबीचको प्रेम सम्बन्ध पनि हो । भारतीय संचारमाध्यममा यी दुई सँगै डिनरमा गएका तस्विरहरु छ्याप्छ्याप्ती छापिएका छन् ।
यतिसम्म कि एउटा भारतीय चर्चित अनलाईनले त यो जोडी छिट्टै विवाह गर्ने तयारीमा रहेको पनि दावी गरेको छ । बन्टी सजदेह सलमानकी भाइबुहारी सीमाका भाइ भएको र परिवारले यो विवाहका लागि अनुमति दिइसकेको उक्त समाचारमा दावी प्रस्तुत गरिएको छ । तर यस विषयमा न त यो जोडीले नै बोलेका छन् न त अरु कोहीले नै । यर्थाथ त अब सोनाक्षी र बन्टीले मुख खोलेपछि नै थाहा हुनेछ ।