बलीउडमा स्टारका छोराछोरीहरु आफ्नो विभिन्न क्रियाकलापहरुले गर्दा स्टारहरु भन्दा पनि धेरै चर्चा बटुल्ने गर्छन् । यस्तैमा श्रुती हसन त झनै स्टारको छोरी मात्रै नभएर आफै पनि एक चल्तीकी अभिनेत्री हुन् ।
हालसालै श्रुती आफ्नो ब्वाइफ्रेन्ड सँगै सार्वजनिक स्थानमा देखिएपछि यसले ठूलै हलचल ल्याएको छ । उनको फोटो मिडियाले खिचेपछि उनी धेरै नै रिसाएकी पनि थिइन् ।
श्रुती मुम्बई एयरपोर्टमा जो केटासँग देखिइन् उनको नाम माइकल कोर्सेल हो । उनी पनि एक ब्रिटिश अभिनेता हुन र यी दुई धेरै नै नजिक छन् ।
मिडियामा आएको तस्वीरमा श्रुती ब्ल्याक डेसमा धेरै नै सुन्दर देखिएकी छिन् र माइकल पनि टिशर्ट र जिन्समा धेरै नै कुल देखिएका छन् । एउटा कुरा तपाई ध्यान दिएर हेर्नुभयो भने यी दुवैको एउटै फुटवेयर देखिन्छ । जसको क्लोजअप फोटो श्रुतीले आफ्नो इन्टाग्राममा पनि सेयर गरेकी छिन् । ३१ वर्षकी श्रुतीले १७ वर्ष देखी तामिल, तेलगु र हिन्दी फिल्ममा अभिनय गर्न थालेकी हुन् । रमैया बस्ताभैया, लक, गब्बर इज ब्याक, वेलकम, तेवर जस्ता बलिउड फिल्ममा श्रुती देखिइसकेकी छिन् ।