बलीउडका एक्सनस्टार सनी देओल अहिले आफ्नो छोराका लागि केटी खोजिरहेका छन् । खासमा, सनी फिल्म ‘पल पल दिल के पास’ को डायरेक्शन गर्दैछन्, जसबाट उनका छोरा करण बलीउडमा डेब्यू गर्दैछन् । अहिलेसम्म सनीले छोरा करणको अपोटिजमा कुनै हिरोइन भेटेका छैन । फिल्ममा जुन केटीको भूमिका छ, त्यो नर्थ इण्डियन हो र सनीलाई यो लाग्छ कि कोही देशी गर्ल नै यो रोलमा फिट हुन्छिन् । यसका लागि गएको बर्ष सेप्टेम्बरमा दिल्लीमा एक ट्यालेन्ट हन्ट शो पनि उनले होस्ट गरेका थिए । रिपोर्ट्सलाई मान्ने हो भने सनीको फिल्ममा यूवतीको भूमिका निकै महत्वपूर्ण छ र जबसम्म फिल्मका लागि हिरोइन फाइनल हुँदैन तबसम्म फिल्मको छायाँकन सुरु नहुने पक्का छ । यसैबीच रकीको नामबाट पपुलर करण आफ्नो लञ्चको तयारीमा समेत जुटेका छन् । उनी अहिले जिम र डान्स सिकिरहेका छन् । रिपोर्ट्समा यो पनि आइसकेको छ कि करणले न्यूकमर्समा सबैभन्दा महँगो पारिश्रमिक लिएका छन् । बताइएको छ कि उनले एक चलचित्र एक करोडमा साइन गरिसकेका छन् ।