फिल्म ‘चकलेट’ र ‘आशिक बनाया आपने’ जस्ता सुपरहिट फिल्ममा देखिसकेकी अभिनेत्री तनुश्री दत्ता पछिल्लो समय काहिँ कतै देखिएकी छैनन् । एक समय थियो जब उनी आफ्नो बोल्डनेसका कारण खुबै चर्चामा आउने गर्थिन । तर, अहिले कमै व्यक्तिहरु यो जान्दछन् कि उनी कस्ती भईन होला ? आज हामी तपाईहरुलाई यो देखाउँछौ कि आजकाल उनी कस्ती देखिन लागेकी छिन् । यी तश्वीरहरु इन्स्टाग्राममा तनुश्रीकी बहिनी इशिता दत्ताले शेयर गरेकी छिन् ।
तश्वीरहरुमा स्पष्ट देखिएको छ कि तनुश्री पहिला स्लिम एण्ड हट देखिन्थिन, तर अहिले विल्कुलै फरक अवतारमा देख्न सकिन्छ । उनको आँखामा अहिले चश्मा देख्न सकिन्छ ।
तनुश्रीले बलीउडमा अन्तिम पटक २०१० मा प्रदर्शनमा आएको फिल्म ‘रामा : द सेवियर’ मा देखिएकी थिइन । उनले ‘चकलेट : डीप डार्क सीक्रेट्स’, ‘ढोल’ र ‘गुड ब्वाय ब्याड ब्वाय’ जस्ता फिल्महरुमा काम गरिसकेकी छिन् । उनले २००४ मा ‘फेमिना मिस इण्डिया यूनिवर्स’ को ताज पनि जितेकी थिइन ।