कोरियोग्राफर-डायरेक्टर फरहा खान आजकाल पुराना तश्वीरहरु इन्स्टाग्राममा पोष्ट गरिरहेकी छिन् । रितिक रोशन, संजय लीला भंसालीपछि फरहाले साजिद नाडियाडवालासाथ एक तश्वीर पोष्ट गरेकी छिन् । यो तश्वीरको ब्याकग्राण्डमा सलमान र शाहरुख पनि देखिएका छन् । तश्वीरबाट यो स्पष्ट के हुन्छ भने सलमान र शाहरुख एक कुरामा बहस गरिरहेका छन् । शाहरुख र सलमानको सम्बन्ध प्राय सधै नै टक्करको रहँदै आएको छ । यी दुई एक आपसमा झगडा गर्ने गर्छन । सन् २००८ मा कटरीना कैफको बर्थडे पार्टीमा यी दुईको झगडा भएको थियो, त्यसपछि सन् २०१४ मा सलमानकी बहिनी अर्पिता खानको विवाहमा यी दुईको दुश्मनी मित्रतामा परिणत भएको थियो । अहिले यी दुईको मित्रतालाई बलीउडमा एक उदारहणको रुपमा पनि लिने गरेका छन् । योभन्दा पहिला पनि ‘चलते-चलते’ को सेटमा ऐश्वर्या रायलाई लिएर यी दुईको झगडा भएको थियो ।