९० दशकको पपुलर सिरियल ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गरेर चर्चित भएकी रूपा गांगुलीको नाम बालबालिका तस्करीको मामलामा बाहिर आएको छ । रूपा बंगालको स्टेट वुमन विंगको प्रेसिडेन्ट समेत हुन । उनी राजनीतिका साथ साथै बंगाली फिल्म र टिभीमा एक्टिभ छिन् । बताइदिउँ कि एक रियलिटी शोमा रूपाले भनेकी थिइन कि पति उनलाई कुनै पनि चिजमा खर्च गर्नका लागि पैसा दिँदैन थिए र उनले यसबाट दिकदार भएर तीन पटकसम्म सुसाइड गर्ने प्रयास गरेकी थिइन ।
महाभारतकी द्रौपदीको लाइफको कुरा गर्ने हो भने उनको जिवनमा अनेकौं उतार-चढाब आएका छन् । २५ नोभेम्बर, १९६६ कल्याणी, कोलकातामा जन्मिएकी रूपाले हिन्दीका साथ-साथ बंगाली टिभी र सिनेमामा निकै काम गरेकी छिन् । १९९२ मा उनले मेकानिकल इन्जीनियर ध्रुब मुखर्जीसँग विवाह गरेकी थिइन ।