हरियाणाका पहलवान छोरीहरु, गीता-बबीताको जीवनमा बनेको फिल्म ‘दंगल’ ले कयौं रेकर्ड तोड्यो । सुन्नमा आएको छ कि अहिले यो चलचित्रको सिक्वेल निर्माण हुने तयारी भइरहेको छ । गीता फोगाट र बबीता फोगाटका पिता तथा आफै पहलवान रहेका महावीर सिंह फोगाटले यसको इशारा गरेका छन् । एक अखबारमा दिएको अन्तर्वार्तामा उनले बताए कि गीता-बबीताको जिन्दगीको आगामी खुड्कियो देखाउने औपचारिकता पूरा गर्ने तयारी भइरहेको छ ।
एक हिन्दी अखबारसँग कुराकानी गर्दै महावीर सिहले भने, ‘छोरीलाई पहलवान बनाउन सन् २००० बाट सुरु गरेको थिए । तब मान्छेहरुको सोचमा छोरीहरुलाई पहलवान बनाउने कुरा टाढा टाढासम्म पनि थिएन ।’ अन्तर्वार्तामा महावीरले थपे, ‘सन् २००५ मा मेरा छोरीहरु विदेशमा खेल्न जानु पर्थ्यो तर निकै प्रयास गरेपनि उनीहरुलाई पासपोर्ट दिएनन् । तब उनले छोरीहरुलाई भने कि तिमीहरुको संघर्ष बेकार जाने छैन र एकदिन तिमीहरुको उपलब्धि आफै तिमीहरुलाई पासपोर्ट दिलाउन आउनेछ । र, यसो वास्तवमै भयो पनि ।’