बलीउडका सुपरहिट फिल्म ‘बजरंगी भाइजान’ का कारण सलमान खानको चर्चाले अर्को उचाइ चुम्न पुग्यो । दर्शकहरुलाई यो फिल्म धेरै नै मनपर्यो । तर, सलमान खान यस फिल्मको लागि भने पहिलो रोजाइ थिएनन् ।
आमिर खान
लेखक विजयेन्द्रले ‘बजरंगी भाइजान’ आमिर खानलाई ध्यानमा राखेर लेखेका थिए । आमिर खानलाई फिल्मको स्क्रिप्ट पनि मन परेको थियो तर पिके र दंगलका कारण उनले यो फिल्म गर्न सकेनन् ।
रजनीकान्त
यस फिल्ममा खेल्न दक्षिण भारतीय फिल्मका नायक रजनीकान्तलाई अफर गरिएको थियो । तर, कुनै कारणबिना नै उनले यो फिल्म गर्न अस्विकार गरे ।
रितिक रोशन
रितिक रोशनलाई पनि यस फिल्मको स्क्रिप्ट अफर गरिएको थियो । उनलाई धेरै मन परेको पनि थियो । राकेश रोशन यस फिल्मलाई निर्देशन पनि गर्ने भएका थिए । तर विजयन्द्र प्रसादले सह निर्माता बन्ने अड्डी कसे । यो कुरा राकेशलाई मन परेन । अन्तत यो फिल्म सलमान खानको पोल्टामा पर्यो ।