होलीको मौकामा बलीउड अभिनेत्री विद्या बालनले आफ्नो जिन्दगीको एक अनौठो यादगार घट्ना शेयर गरेकी छिन् । जब उनी १६ बर्षकी थिइन, तब अन्जानमै उनले भांग पिएकी थिइन र रातभरी उनी हाँसी मात्र रहेकी थिइन ।
विद्याले भनिन्, ‘मैले अन्जानमै भांग पिएकी थिएँ । त्यसपछि म रातभरी हाँसी मात्र रहेँ । त्यो समयमा म १६ बर्षकी थिएँ ।’
उनले अगाडी भनिन्, ‘रंगको तिहार होली मलाई निकै मन पर्छ । तर, होली खेल्ने क्रममा सावधानी भने अपनाउनु पर्छ किनकी यो कपाल र अनुहारका लागि हानिकार हो । होली खेल्नका लागि बाहिर निस्कने बेलामा आफ्नो कपाल र अनुहारमा नरिवलको तेल लगाउनु पर्छ ।’
‘मेरो मन पर्ने होलीको गीत रंग बरसे भीगे चुनरवाली, रंग बरसे हो । जब तपाई पनि होलीको बारेमा सोच्नु हुन्छ भने यो गीतको त पक्कै याद गर्नु नै हुन्छ ।’, उनले भनिन् ।