सलमान खान एक पटक फेरी पर्सनल लाइफको विषयलाई लिएर चर्चामा छन् । अहिले उनको एक पुरानो अन्तर्वार्ता इन्टरनेटमा खुबै भाइरल भइरहेकोे छ, जहाँ उनले आफ्नी पूर्व गर्लफ्रेण्ड ऐश्वर्या रायलाई पिटेको आरोपको खण्डन गरेका छन् । सन् २००२ मा एक लीडिंग डेलीलाई दिएको अन्तर्वार्तामा सलमानसँग ऐश्वर्यालाई पिटेको घट्नाको विषयमा रिएक्शन मागिएको थियो । तब सलमानले भनेका थिए कि उनले ऐश्वर्यालाई कहिले पिटेका थिएनन् । यो अन्तर्वार्तामा सलमानले यो स्वीकार गरेका छन् कि उनले डायरेक्टर सुभाष घईलाई भने थप्पड लगाएका थिए, जोसँग ऐश्वर्याले फिल्म ‘ताल’ मा काम गरेकी थिइन ।
ऐश्वर्या र सलमानले फिल्म ‘हम दिल दे चुके सनम’ मा एकसाथ काम गरेका थिए । यही फिल्मबाट उनीहरु नजिक भएका थिए । तर, ‘हम तुम्हारे हैं सनम’ को रिलिजताका उनीहरुको ब्रेकअप भएको हल्ला बाहिर आएको थियो । यी दुईको ब्रेकअपको वास्तविक कारण के थियो ? यो त कमै व्यक्ति जान्दछन् तर ऐवश्र्याले सलमानमाथी कुटपिट गरेको आरोप लगाएकी छिन् ।