बलीउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो ।
उनी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी एक समय अमिताभ बच्चनलाई आरोप लगाएर निकै चर्चामा आएकी थिइन् ।
अमिताभ बच्चनका साथ परवीन बाबीको सम्बन्ध दर्शकहरुले निकै रुचाएका थिए । यी दुई जोडीले धेरै हिट फिल्म पनि बलिउडलाई दिए । दुवैबीच राम्रो रिलेशन पनि रहेको थियो । तर, एउटा यस्तो समय पनि आयो परबीन बाबीले अमिताभलाई आफुलाई मार्न खोजेको आरोप समेत लगाइन् । मिडिया रिपोर्टका अनुसार उनी गम्भिर मानसिक रोगबाट पिडित रहेकी थिइन् । परवीन बाबीले अध्यात्मतिर लागेपछि फिल्मी लाइनलाई अलबिदा गरेकी थिइन् । उनी आफ्नो करिअरको हाइटमा रहेकी थिइन् तर कुनै कारणबिना नै उनले फिल्मी करिअरलाई बाइबाइ गरिन् । बलिउड छोडेपछि उनी धेरै वर्षसम्म गुमनाम नै भइन् ।
तर, एक दिन उनी यस्तो अवस्थामा भेटिइन् जसको कल्पना कसैले पनि गरेका थिएनन् ।
सन् १९८९ मा उनले एक म्यागजिनलाई अन्तर्वार्ता दिएकी थिइन् । उनले उक्त अन्तर्वार्तामा भनेकी थिइन्,‘अमिताभ बच्चन एक अन्तराष्ट्रिय ग्याङस्टर हुन् । उनी मेरो जिन्दगीको पछि लागि परेका छन् । उनले मलाई गुण्डाहरु पठाएर अपहरण गरेका थिए र एउटा आयरल्याण्डमा राखेका थिए । अमिताभका गुण्डाहरुले मेरो सर्जरी गरे र कानको तल एउटा ट्रान्समिटर राखेका थिए ।’ उनी मानसिक रुपमा रोगी रहेकी थिइन् । जसले आफुलाई वर्षौसम्म एउटै कोठामा बन्द राखेकी थिइन् । अन्तत आत्महत्या गरेको मिडिया रिपोर्ट बाहिर आएको थियो ।