बलीउड एक्ट्रेस सोनाक्षी सिन्हा अहिले आफ्नो नयाँ फिल्म नूरको प्रमोसनमा व्यस्त छिन् । सोर्सका अनुसार, सोनाक्षी बन्टी साजदेहसँगको प्रेममा छिन् । यति मात्र होइन, सोनाक्षी र
बन्टीको विवाहको खबर पनि केही दिनदेखी भारतीय मिडियाहरुमा आइरहेको छ । एक इवेनन्टमा जब सोनाक्षीसँग यस विषयमा सोधिएको थियो तब उनले भनिन्, ‘यो सबै बकवास हो । जब मेरो विवाहको कुरा फिक्स हुन्छ तब म दुनियाँलाई यसको जानकारी दिनेछु । यसमा लुकाउनु पर्ने कुनै कुरा छैन । विवाहका लागि त अहिले मैले सोचेको पनि छैन । थाहा छैन, मानिसहरु यस्तो कुरा किन गरिरहेका छन् ?’