दक्षिण भारतिय सिने उद्योग धेरै ठूलो छ । यहाँ वर्षेनी ठूलो सख्यामा तामिल, तेलगु, कनडा र मलायालम भाषाका फिल्महरु निर्माण हुने गरेका छन् । बाहुबली र रोबट जस्ता उत्कृष्ट र धेरै व्यापार गरेका फिल्महरु यसका उदाहरण हुन् । यो सिने उद्योगमा कलाकारहरुले पाउने पारिश्रमिक पनि करोडौं रहेको छ । यसले दक्षिण भारतिय कलाकारहरुलाई भारतकै धनी बनाएको छ ।
यस्तो छ टप १० धनी र धेरै कमाउने दक्षिण भारतिय नायकहरुको सूचीः
१०. बिक्रम
दक्षिण भारतका एक धनीकलाकार मध्येएक तामिल सुपरस्टार बिक्रमपनि रहेका छन् । उनले प्रतिफिल्म १२ करोड भारु लिने गरेका छन् ।
९. जुनियर एनटिआर
अर्का धनी र धेरै कमाउने दक्षिण भारतियफिल्म स्टारमाजुनियर एनटिआर पर्छन् उनको कमाई पनिप्रतिफिल्म १२ करोड भारु रहेको छ ।
८. रामचरण तेजा
दक्षिण भारतका लोकप्रिय नायक चिरन्जिवीका सुपुत्र तथा तेलगु सिनेमाका स्टार रामचरणले पनि प्रति फिल्म १२ करोड भारु लिने गरेका छन् ।
७. अजित
प्रतिफिल्म १६ करोड भारु पारिश्रमिक लिने तामिल सुपरस्टार अजितले धेरै हिट फिल्महरु दिएका छन् ।
६. सुर्या
दक्षिण भारतका अर्का धनी नायकमा भर्सटाइल तामिल स्टार सुर्या पर्छन् । उनले प्रतिफिल्म १७ करोड भारु लिने गरेका छन् ।
५. पवन कल्याण
अर्का धनी दक्षिण भारतिय कलाकारमा तेलगु सिनेमाका लोकप्रिय नायक पवन कल्याण पर्छन् । नायक चिरन्जिवीका भाइ पवन कल्याणले प्रतिफिल्म १८ करोड भारु लिने गरेका छन् ।
४. महेशबाबु
अर्का धनी दक्षिण भारतिय नायकमा तेलगु सुपरस्टार नायक महेश बाबु पर्छन । उनले पनि प्रतिफिल्म १८ करोड भारु लिने गरेका छन् ।
३. विजय
तामिल नायक तथा पाश्र्व गायक विजय पनि धनी दक्षिण भारतिय कलाकारमा गनिन्छन् । उनले प्रतिफिल्म २५ करोड भारु लिने गरेका छन् ।
२. कमल हसन
प्रसिद्ध नायक कमल हसन धनी दक्षिण भारतिय नायकको सुचीमा अगाडि नै पर्छन । उनले प्रतिफिल्म २५ देखी ३० करोड भारु लिने गरेका छन् । उनी तामिल र हिन्दी फिल्ममा अभिनय गर्छन र उनले चार राष्टिय अवार्ड सहित १९ फिल्मफेयर अर्वाड समेत पाएका छन् ।
१. रजनीकान्त
रजनीकान्त भर्सस्टाइल अभिनय र पावर प्याक एक्सनको जादुले संसारभरि नै सम्मान गरिने भारतिय अभिनेतामा पर्छन । उनले प्रतिफिल्म ५० देखी ६० करोड भारु लिने गरेका छन् ।
यी नायकहरु बाहेक अन्य धनी दक्षिण भारतिय नायकहरुमा अल्लु अर्जुन, रवि तेजा, धनुष प्रभास आदि पर्छन ।